मानवता

?जब
विश्वको मानचित्रमा 
देखिन्छ हिंसा अनि व्यभिचारको
जालो
अनि कयौं प्रश्नहरु उठ्छ मनभरी
आखिर किन सबै साम्राज्यवादी?
आखिर किन सबै भौतिकवादी?
आखिर किन छ अर्ब मानवलाई
ध्वस्त पार्ने सोच?
आखिर किन पृथ्वीको अस्तित्व 
सङ्कटमा पार्ने सोच?
किन आणविक शक्तिको धाक?
किन सैन्य शक्तिको धाक?
आखिर किन रङ्गभेद?
आखिर किन जातीय विभेद?
के मानव अनि मानवताको मूल्य 
यति सम्म गिरेको छ?

✍️अजय बिश्वकर्मा
            बर्दिया

Post a Comment

Previous Post Next Post