No title

कविता

देश खसिसक्यो

✍️अजय बिश्वकर्मा


देश खस्नेछ,
काध थाप्नेहरु ट्वाल हेरिरहेका छन
अनि
काध थाप्न फक्रीएका जवानहरू
लगातार उडिरहेका छन
हावासङ्ग कावा खादै
अन्यत्रको बसाइमा
देश खसेको छ,
जिम्मेवार नागरिकहरू अजिम्मेवार
बनेका छन
यहाँ पैसामा बेचिन्छ कानुनलाइ
यहाँ पैसा बेचिन्छ दसगजालाई
फर्सीलाई किराले खाएर खोक्रो
बनाएझै
देशलाई पनि नेता नामक किराले
खोक्रो बनाएका छन
बहुलाएका छ्न जनता
अनि
बहुलाएका छन नेता
देश खसिसकेको छ,
दसगजा अब एक गज
पनि बाकी रहेको छैन
पिलर उप्काएका छन
सिमाना मिचिएका छ्न
दुई ठुला देशको लडाइँमा
नेपाल तरुलझै
च्यापिएको छ
देशमा केहि बाकी छैन अब
देश अरुको कब्जामा छ
साची,
देश खसी सकेको छ
                                         ✍️अजय बिश्वकर्मा (सीमान्त)
                                                  बर्दिया

Post a Comment

Previous Post Next Post